मनोज गजुरेल र साम्राज्ञी राज्यलक्षमी शाह एउटै मञ्चमा आउदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मनोज गजुरेल र साम्राज्ञी राज्यलक्षमी शाह एउटै मञ्चमा आउदै



काठमाडों । एजुकेशन एण्ड माइग्रेसन कर्नरले लोकप्रिय हास्य कलाकार मनोज गजुरेल र अभिनेत्री साम्राज्ञी राज्यलक्षमी शाहलाई एउटै मञ्चमा ल्याउने भएको छ ।

कर्नरले गरेको एजुकेशन फेयरमा उच्च शिक्षा अध्ययनका निम्ती अष्ट्रेलिया लगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई आफ्नो संस्थाले मनोरञ्जनात्मक र सन्देशमूलक सुझाव र सल्लाह दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुनिल उप्रेतीले बताए ।

शनिबार होटल अन्नपूर्णमा यी दुवै कलाकारहरुले विद्यार्थीमाझ आफ्नो अनुभव साट्ने र विभिन्न प्रस्तुती गर्ने अध्यक्ष उप्रेतीले बताए । साथै उत्प्रेरक सुधन ज्ञवालीले विदेश जान लागेका युवाहरुलाई सुझाव र सल्लाह दिनेछन् ।