मनमोहन अधिकारीको २० औं स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज बीसौ स्मृति दिवस मनाइने भएको छ । उनको २०५६ सालको बैशाख १३ गते मृत्यु भएको थियो ।
उनलाई सादगी व्यक्तित्वका रुपमा नेपाली समाजले चिन्दै आएको छ । ९ महिना सम्म नेपालको प्रधानमन्त्री भएका अधिकारी बृद्धबृद्धालाई भत्ता दिने र आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रमका कारण लोकप्रिय भएका थिए । उनी २०५१ सालको मध्यावधी निर्वाचनपछि नेपालको प्रधानमन्त्री बनेका थिए ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले ट्विट गर्दै भनेका छन्,‘‘सरल जीवन र आदर्श व्यक्तित्व नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस । मनमोहन अधिकारीको बीसौं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन ।’’