भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई हृदयघात: अस्पताल भर्ना
एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।नेता सिंहलाई आइतबार साँझ एक्कासि हृदयघात भएपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार नेता सिंहलाई एक्कासि छाति दुखेपछि अस्पताल भर्ना गरिएको हो ।
काँग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले यो कुराको पुष्टि गरेका छन् । शेरगिलले ट्वीटरमार्फत नेता सिंहको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । नेता सिंह सन् २००४ देखि २०१४सम्म भारतका प्रधानमन्त्री थिए ।