म्यानमारमा पत्रकार बेपत्ता हुन थाले - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

म्यानमारमा पत्रकार बेपत्ता हुन थाले



एजेन्सी- म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ। अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

म्यानमारको राजधानीबाट दिउँसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सवै प्रयास गरिरहेको पनि जनाइएको छ। उनलाई तत्काल सुरक्षित रुपमा उद्वार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन्। उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ।

म्यानमारमा गत फेब्रुअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ।