मन्जु यादवद्वारा नेकपा एसको केन्द्रीय सदस्य अश्वीकार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मन्जु यादवद्वारा नेकपा एसको केन्द्रीय सदस्य अश्वीकार



काठमाडौं । नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि चुलिन थालेको छ । पार्टीको वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकी युवा नेता तथा प्रदेश २ की सांसद मन्जु यादवले पद नै अस्विकार गरेकी छन् ।

उनले मनोनयन प्रक्रियाप्रति असहमति जनाउँदै सो पद अश्वीकार गरेकी हुन् । सांसद यादवले मनोनयन गर्ने प्रक्रिया र मापदण्डप्रति नै आफ्नो असहमति रहेकाले वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार गरेको बताएकी छन् ।

उनले जिल्लामा संगठन गर्नेहरुलाई पाखा लगाएर आफन्त र नातागोतालाई माथि लैजाने प्रवृतिसँग आफू सहमत नरहेको बताएकी छन् । यादवले रामकुमारी झाँक्रीको ‘बोल्न पाइन्छ, लेख्न पाइन्छ’ भन्ने बहुचर्चित भाषणको कोट गर्दै प्रदेश २ भनेको नेकपा एस पार्टीको लागि दलाल प्रवृतिका पुरुषको मात्र पेवा भएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

यादवले भनेकी छन् – माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्ला कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने प्रवृति नेकपा एसमा देखियो । मेरो चुनौति छ, आउने चुनावमा माथिल्लो कमिटीमा बसेकाहरु प्रतिनिधिसभा चुनावको टिकट लिने आँट गरुन् ।

नेकपा एसमा महिलालाई दास बनाउन खोजिएको भन्दै यादवले कसेको दयामा पद नचाहिने बताएकी छन् । केन्द्रीय कमिटीलाई पूर्णत दिएसँगै नेकपा एसमा अशन्तुष्टी बढेको छ ।

यसअघि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि विधि पद्दति भन्नेहरुले नै खिल्ली उडाएर खल्तिबाट केन्द्रीय सदस्य बनाएको बताएका थिए ।