निवर्तमान राजदूत मञ्जीव सिंह पुरी लेख्छन: भारतले नयाँ नेपाललाई बुझ्न सकेन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निवर्तमान राजदूत मञ्जीव सिंह पुरी लेख्छन: भारतले नयाँ नेपाललाई बुझ्न सकेन



काठमाडौं- नेपाल भारतबीच सीमा विवाद चलिरहेका बेला नेपालका लागि भारतका निवर्तमान राजदूत तथा नेपालबारे जानकार मानिने मञ्जीव सिंह पुरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

भारतीय पत्रिका द हिन्दूमा एउटा लेख प्रकशित गर्दै उनले नेपालका नेताहरूको राष्ट्रबादी नै नभएको बताएका छन् । नेपालको नक्शाबारे टिप्पणी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रवादी देखाउन गरेको हर्कत बताएका छन् ।

नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतसँग आफ्नो ‘नाक ठोकाउन आइपुगेको’ टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी विरासतलाई बलियो बनाउन नयाँ नक्सा जारी गरेको दाबी समेत गरेका छन्।

‘नेपालमा राष्ट्रवाद सँधै छ जुन वास्तवमा भारतविरोधी भावनाको मखुण्डो हो। नेताहरुले आफ्नो व्यक्तिगत लाभका लागी यसको प्रयोग गर्छन्, र यो प्रशासन, बौद्धिक र मिडियामा समेत गडेर बसेको छ,’ भारतीय पत्रिका द हिन्दूमा बुधबार प्रकाशित पुरीद्वारा लिखित लेखमा भनिएको छ।

उनले नेपालको नयाँ नक्सा भारतको भूमि मिचेर बनाइएको दाबी गरेका छन्।

सो नक्सा प्रकाशन र त्यसलाई संविधानमा रहेको निशान छापमा राख्ने काम कुनै पनि हालतमा रोक्नुपर्नेमा त्यसो गरिएको उनको दाबी छ।

‘त्यसो त, आफ्ना जनताको हितविपरित मूल्य चुकाएर पनि नेपालले भारतसँग आफ्नो नाक ठोक्काएको यो पहिलो पटक भने होइन,’ उनको दाबी छ, ‘सन् २०१५ मा पनि नेपाली कांग्रेसले भारतका चासोलाई वेवास्ता गर्दै नयाँ संविधान जारी गरेरै छाडेको थियो।’

उनले ५ हजार मेगावाटको गेम–चेन्जिङ जलविद्युत पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकिरहेका बेला यो घट्नाक्रम भएको उनले बताएका छन्।

सो लेखमा उनले नेपालमा तीब्ररुपमा परिवर्तन भइरहेको राजनीतिक, आर्थिक र सामाजिक परिदृष्यलाई भारतीय पक्षले बुझ्न र मनन गर्नुपर्ने धारणा राखेका छन्।

कुनैबेला नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ दुवैजना बनारसमा बसेर राजनीति सुरु गरेका थिए।

उनले भारतले अब नेपाली समाज, राजनीति र व्यवसाय लगायतमा आएको यो विविधकरण बुझुनुपर्नेमा जोड दिएका छन्।