डा गोविन्द केसीबारे के भनिन मनिषा कोइरालाले ? - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

डा गोविन्द केसीबारे के भनिन मनिषा कोइरालाले ?



काठमाडौं। सरकारले जवर्जस्ती काठमाडौं ल्याएका डा गोवसन्द केसीलाई भेट्न जाने तथा उनले शुरु गरेको शान्तिपूर्ण सत्याग्रहलाई ऐक्यवद्धता जनाउनेहरु त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज जाने क्रम बिहिवार रातीबाटै शुरु भएको छ।

डा केसीलाई भेट्न राजनीतिक नेता कार्यकर्तादेखि विभिन्न क्षेत्रका उच्च व्यक्तित्वहरुसम्म रहेका छन्। सामाजिक जीवनका ख्यातिप्राप्त व्यक्तिहरु पनि डा केसीलाई भेटन गएका छन्।

बलिउडकी चर्चित अभिनेत्री हालै सार्वजनिक भएको सफल हिन्दी चलचित्र सञ्जुकी कलाकार मनिषा कवइरालाल डा केसीलाई भेटेकी छिन।

केसीलाई भेट्न पुगेकी कोइराला उनको अगाडी भावुक भएर घुँडा मारेर बसेकी थिइन। केसीसँग मसिनो स्वरमा संवाद गरेकी कोइरालाले उनलाई अतुल्य शक्ति भएको व्यक्ति बताइन।

आफूले विश्वास गरेको मुद्धामा ज्यान दिन पछि नपर्ने केसीको अतुल्य शक्तीसँग भेटेको भन्दै कोइरालाले टुइट पनि गरेकी छिन्।

अनेक अवरोधका वावजुद सहि बाटोमा हिड्न चाहनेहरुका लागि डा केसी उज्यालो देखाउने व्यक्ति भएको मनिषाले बताइन। डा केसीलाई मनिषाले उच्च सम्मान व्यक्त गर्दै सलाम भनेकी छिन।

चिकित्सा शिक्षामा आमुल परिवर्तन र आम नागरिकलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थय उपचारको माग राख्दै केसी १५औं पटकको अनशनमा छन्।