यस्तो रोग छ भने आँप नखानुहोस ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो रोग छ भने आँप नखानुहोस !



गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर, मानिसहरुमा केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचीत मानिदैन । आउनुहोस् कुन रोग लाग्दा आँप खान हुँदैन ।

१. डायबिटीज

जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

२. पेटको समस्या

आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।

३. मोटोपन

जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

४. एलर्जी

आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

५. मुटुको रोगी

यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ ।

यसले मुटुमा समस्या गर्छ ।

६. अस्थमा

अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।

७. दाँत

आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।

मुखको छाला जाने समस्या

आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।