सन्यासको घोषणा: मास्चेरानोले भने अब म फ्यान मात्रै - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

सन्यासको घोषणा: मास्चेरानोले भने अब म फ्यान मात्रै



अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना शनिबार बेलुका फ्रान्ससँग भएको प्रि–क्वाटरफाइनलमा ४–३ ले पराजित भएपछि मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षका मास्चेरोनाले विश्वकपमा फ्रान्स विरुद्ध खेलेको खेल राष्ट्रिय टिमबाट १४५ औँ थियो । यो खेलमा पराजित भएसँगै अर्जेन्टिना विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ ।

लगातार चौथो पटक विश्वकप खेलेका मास्चेरानो यो विश्वकपमा सबै चार खेलमा सबै मिनेट मैदानमा बिताए । शनिबारको खेलपछि

मास्चेरोनाले डिपोर्ट टिभीसँग भने, ‘व्यक्तिगत रुपमा मेरालागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’

दुई पटक ओलम्पिक च्याम्पियन बनेका मास्चेरानोले सन् २००३ मा सिनियर करिअर सुरु गरेका थिए । उनले सुरुमा अर्जेन्टिनाको क्लब रिभर प्लाटेमा खेले ।

उनी सन् २००६ देखि २००७ सम्म वेष्ट ह्याममा रहे । त्यसपछि उनी लिभरपुल गए । उनी सन् २०१० देखि गएको जनवरीसम्म बार्सिलोनामा थिए । त्यहाँ रहँदा उनले दुई पटक च्याम्पियन्स लिग तथा पाँच पटक ला लिगाको उपाधि उचाले ।

अहिले उनी चीनको क्लब हेबेइ चाइना फरट्युनमा खेल्ने आएका छन् । उनले अर्जेन्टिनाको टिमबाट सन् २००४ र २००८ मा ओलम्पिकमा स्वर्ण पटक जिते । तर विश्वकप जित्ने सपना भने अधुरो रह्यो ।