ओलीको साथ् छाडेर दिपक मनाङे वामदेवतिर - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

ओलीको साथ् छाडेर दिपक मनाङे वामदेवतिर



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रदेशसभा सांसद दिपक मनाङे उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा राष्ट्रिय एकता अभियानमा जोडिएका छन् ।

सांसद मनाङे यसअघि प्रधानमन्त्री केपी ओलीका कास व्यक्ति भनेर चिनिएका थिए । गएको चुनावमा पनि उनलाई ओलीले निकै सहयोग गरेको चर्चा चलेको थियो ।

उनी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कतैतिर नलागी वामदेवले शुरु गरेको अभियानमा सहभागी भएका हुन् ।

गौतमले एकता अभियान शुरु गरेर धमाधम त्यसलाई विस्तार गर्दै लगेका छन् । प्रदेशहरुमा गौतमको पक्षमा आउने क्रम बढेको छ । तटस्थहरु गौतमको अभियानमा सहभागी भएका छन् ।

मनाङ ख बाट प्रदेशसभामा निर्वाचित दिपक मनाङेको गण्डकी प्रदेशमा बलियो प्रभाव छ । उनलाई अभियानमा सहभागी गराउन गौतमले पहल गरेका थिए ।