मनाङेको धम्कीपछि तर्सिए ओली, फिर्ता बोलाए उम्मेदवार - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मनाङेको धम्कीपछि तर्सिए ओली, फिर्ता बोलाए उम्मेदवार



काठमाडौं /कात्तिक ८ 

आफूलाई एमालेले खेलाउन मात्रै खोजेको भन्दै आक्रोश पोख्दै हिँडेका एमाले नेता दिपक मनाङेले मनाङमा पार्टीको अस्तित्व नै सिध्यार्इदिने भन्दै धम्की दिएपछि नेकपा एमालेका अध्यक्ष केपी ‌‌ओलीको दबाबमा मनाङ ख मा उम्मेदवारी दिएकी खण्डा लामाको उम्मेदवारी फिर्ता गरिएको छ । पहिले पनि मनाङेकै पक्षमा रहेका ओलीले जसरी पनि सांसद् बनाउने तयारी गरेपनि ब्यापक जनविरोध चुलिएपछि उनी पछि हटेका थिए ।

बुधबार उम्मेदवारी फिर्ता गर्ने दिन आधिकारिक उम्मेदवार लामाले मनाङेलार्इ सहयोग गर्नको लागि उम्मेदवारी फिर्ता गरेको नेकपा एमालेका जिल्ला कमिटी संयोजक पाल्तेन छोयाङ्गगरुङ्गले जानकारी दिए।

उनले ओलीबाट आएको दबाबको बिषयमा कुरा गर्दा भने उनले टेलिफोन राखिदिए । उनले पार्टीभित्र छलफल गरेर नै उनको उम्मेदवारी फिर्ता गरिएको बताएका छन् । मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मनाङ ख बाट एमालेले टिकट नदिएपछि मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई टिकट दिन लागेको भनेर धेरै आलोचना हुन थालेपछि एमालेले अन्तिममा लामालाई टिकट दिएको थियो ।

तर, मनाङेले राप्रपाबाट आफूसँगै एमालेमा आएकी लामालाई एमालेले टिकट दिने र आफूलाई गुण्डा बनाएर प्रयोग मात्र गर्ने रणनीति थाहा पाएपछि उनी एक कदम अगाडि बढेर स्वतन्त्र उमेद्वारी दिएका थिए । साथमा उनले एमालेका शीर्ष नेताहरुलार्इ धम्की पनि दिँदै आएका थिए । पछि ओलीले आलोचना सहेरै भएपनि मनाङेलार्इ नै सहयोग गर्ने भनेपछि लामाले टिकट फिर्ता लिएकी हुन् ।