जगदम्बाश्री मानन्धर र मदन पुरस्कार निहारिकालाई प्रदान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जगदम्बाश्री मानन्धर र मदन पुरस्कार निहारिकालाई प्रदान



काठमाडौं । यो वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर र मदन पुरस्कार ‘योगमाया’का स्रष्टा नीलम कार्की ‘निहारिका’लाई प्रदान गरिएको छ ।

बिहीबार ललितपुरमा मदन पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई दुई/दुई लाख रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।

जगदम्बाश्रीबाट पुरस्कृत मानन्धरले ६० वर्षदेखि निरन्तर नेपाली, नेपाल भाषा र अंग्रेजीमा बालसाहित्यमा लागेको भन्दै हाल बालसाहित्यको भविष्य उज्ज्वल भएको बताए ।

निहारिकाले योगमायालाई दुनियाँले बुझ्न आवश्यक भएको बताइन् ।

कार्यक्रममा प्रवचन दिँदै प्रकृतिविद् डा. तीर्थबहादुर श्रेष्ठले प्राकृतिक विनास प्रचुर मात्रामा भइरहेको भन्दै तराई, पहाड र हिमालका प्राकृतिक सम्पदा जोगिनेगरी विकास निर्माण गर्नुपर्नेमा जोड दिए ।