‘म्यान भर्सेस वाइल्ड’मा देखिने भए मोदी - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

‘म्यान भर्सेस वाइल्ड’मा देखिने भए मोदी



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मा देखिने भएका छन् ।

कार्यक्रमका प्रस्तोला बियर ग्रिल्सले सोमबार एक ट्वीट गर्दै मोदीसँगको यात्रा आउँदो अगष्ट १२ गते प्रशारण हुने बताएका छन् । उनले मोदीसँगको कार्यक्रमको प्रोमो पनि राखेका छन् । मोदीसँगको एपिसोड भारतको उत्तरखाण्डमा रहेको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको हो।

मोदीसँगको एपिसोडमा वन्यजन्तु संरक्षण र वातवरणीय परिवर्तन सम्बन्धिका मुद्दाहरुलाई समावेश गरिने उल्लेख छ । विश्वका १८० वटा देशमा विभिन्न ५ वटा भाषामा उक्त एपिसोड एकसाथ देखाइने उनको भनाई छ ।

ग्रिल्ससँग यसअघि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि यात्रा गरेका थिए ।