म्यानचेष्टर सिटी बन्यो च्याम्पियन - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

म्यानचेष्टर सिटी बन्यो च्याम्पियन



प्रिमियर लिग २०१८-१९ को उपाधि म्यानचेष्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४-१ ले पराजित गर्दै सिटीले उपाधि रक्षा गरेको हो।

अवे मैदानमा एक गोलले पछि परेको सिटीले पुनरागमन गर्दै खेल जितेको हो।

३८ खेलबाट सिटीले ९८ अंक जोड्दा दोस्रो भएको लिभरपुलले ९७ अंक जोड्यो। सिटीसँगै उपाधि होडमा रहेपनि लिभरपुलले ९७ अंक जोडेर पनि उपाधि जित्न भने सकेन।

सिटीको जितमा सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक-एक गोल गरे।

यस्तै लिभरपुलले अन्तिम लिग खेलमा वल्भ्सलाई २-० ले हरायो।

प्रिमियर लिग उपाधि जितेको सिटीले यस सिजन इंग्लिस फुटबलको ट्रेबल जित्ने सम्भावना कायम राखेको छ। सिटीले यसअघि नै इएफए कपको उपाधि जितिसकेको छ। यस्तै मे १८ मा एफए कपको फाइनलमा वाटफोर्डसँग खेल्दैछ।