मुख्यमन्त्रीबाट राजीनामा दिंदै ममता बनर्जी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मुख्यमन्त्रीबाट राजीनामा दिंदै ममता बनर्जी



नयाँ दिल्ली । लोकसभा चुनाव नतिजमा बंगालको प्रमुख पार्टी टीएमसीको धेरै ठाउँमा हार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिने इच्छा जनाएकी छिन् । भारतको नवभारत टाइम्सका अनुसार टीएमसी प्रमुख ममता बनर्जीले भनिन् ‘मैले मिटिङ्गमा भनेकी छु कि म मुख्यमन्त्रीको पदमा अब रहन चाहन्न । म अब केवल पार्टी अध्यक्षको रुपमा तपाई‌हरुको सेवा गर्न चाहन्छु । समाचार रिपोर्टका अनुसार ममता बनर्जीको राजीनामा सम्बन्धी प्रस्ताव बैठकबाट स्वीकृत भने भएन ।

टीएमसी पार्टीको आपतकालीन बैठकमा ममताले यो पनि भनेकी छिन् कि ‘केन्द्रीय बलले हामी विरुद्ध कारबाही गर्यो । एक आपातको स्थिति पैदा गरेर हिन्दू-मुस्लिमको बीचमा भेदभाव गरिएको छ। साथमा भोटलाई समेत तलमाथि गराइएको छ । हामीले यस बारेमा चुनाव आयोगमा गुनासो दर्ता गरायौं । तर, कुनैपनि कदम उठाएनौं ।

शुक्रबार मात्रै पश्चिम बंगालमा अबको ३ महिना भित्र ममता बनर्जीको सत्ता ढल्ने भारतीय जनता पार्टीका नेताहरुले दाबी गरेका छन् । ममता बनर्जीका विधायकहरु भारतीय जनता पार्टीको सम्पर्कमा रहेको र केही समयमा नै उनीहरुले त्रिणमूल काँग्रेस छाड्ने दाबी सहित भाजपाका नेताहरुले यस्तो दाबी गरेका हुन् ।

भाजपाले ममता बनर्जीको गढ पश्चिम बंगालमा यो लोकसभा चुनावमा १८ सिटमा जीत हाँसिल गरेको छ । पछिल्लो चुनावमा भाजपाले पश्चिम बंगालमा केवल २ सिटमा विजय हाँसिल गरेको थियो ।

पश्चिम बंगालको बैरकपुर लोकसभा सीटबाट चुनाव जितेका भाजपा नेता अर्जुन सिंहले टीएमसका कैयौं नेता एवं सांसदहरु भाजपाको सम्पर्कमा रहेको भन्दै ममता बनर्जी सरकार अबको ९० दिनमा ढल्ने दाबी गरेका हुन् । बैरकपुर सीटमा टीएमसी नेता दिनेश त्रिवेदीलाई हराउने अर्जुन सिंहले भने कि टीएमसीका कैयौं नेता उनको र मुकुल रायसँगको सम्पर्कमा छन् ।