ममता बनर्जी नेपाल आउँदै - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ममता बनर्जी नेपाल आउँदै



नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नेपाली कंग्रेसको १४ औँ महाधिवेशनको अवसरमा डिसेम्बर १० देखि १२ मा हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आउने भएकी हुन् ।

उनलाई उद्घाटन समारोहमा डिसेम्बर १० कै दिन निम्ता गरिएको छ । जसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । बनर्जीको उपस्थितिले पार्टीबीचको सम्बन्धदेखि क्षेत्रीय लोकतान्त्रिक सम्बन्ध समेतलाई बलियो बनाउन प्रोत्साहन मिल्ने विश्वास रहेको पत्रमा उल्लेख गरिएको छ ।

बनर्जीले निमन्त्रणा स्वीकार गरेकी छन् । डिसेम्बर १० कै दिन काठमाडौं उपस्थित भइ कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् ।