बाढी पुर्वानिमान महाशाखाको चेतावनी: यी स्थान उच्च जोखिममा छन् - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बाढी पुर्वानिमान महाशाखाको चेतावनी: यी स्थान उच्च जोखिममा छन्



काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले रातभर अत्यधिक वर्षा हुने र बाढी पहिरोको जोखिम हुने चेतावनी दिएको छ ।

चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, नुवाकोट र आसपासका स्थानमा लगातार भारी वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

यसैगरी काठमाडौं उपत्यकासहित रसुवा, मकवानपुर, सिन्धुली र प्रदेश २ का धेरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

जसका कारण काठमाडौं उपत्यकासहित रसुवा, चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, नुवाकोट तथा आसपास भई बहने नदीमा बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तसर्थ भोलि बिहानसम्म सतर्क रहन महाशाखाले आह्वान गरेको छ।