मामा घर जान फुर्किएका मिलन मामा घर नपुग्दै संसार छोडेर गए..... - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मामा घर जान फुर्किएका मिलन मामा घर नपुग्दै संसार छोडेर गए…..



गोविन्द लामिछाने /गैँडाकोट ,माघ २६
नवलपरासी जिल्ला को विकट पहाडी गाविस मिथुकरम र भारतीपुरको सिचाइको निमित्त निर्माणाधीन नहरको ढुङ्गा खसेर लागेपछि भारतिपुर ३ सालबासको १०बर्षिय मिलन सुनुवारको मृत्यु भएको छ ।हिजो बिहान घरबाट आमा सँग मामा घर डेढगाउँ जान निस्केका मिलन बिचबाटोमा पुग्न नपाउदै माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेपछि अचेत भएका थिए ।

अचेत अवस्थाका मिलनलाई नहर खन्ने मजदुर र आमाले चितवन मेडिकल कलेज ल्याएका थिए ।त्यहाँ सम्भावना नदेखेपछी पुरानो मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा राती १०बजे उनको मृत्यु भएको हो।”म सँग मामा घरको कुरा गर्दै खुसी हुँदै अघि अघि हिडेको थियो ,एक्कासि माथिबाट आएको ढुङ्गा ले छोरोलाई बजार्यो “रुदै मिलनकी आमा गङ्गा सुनुवार बरबराईकी थिइन।भारतिपुर गाविस को वडा न ७ स्थित पाङ्रेबारी भन्ने ठाउँ मा उक्त घट्ना घटेको हो।”बेल सरि फुटेको छ र कुच्चिएको पनि छ,ब्रेन अथवा गाउँले भाषामा गिधि बाहिर निस्केको छ भगवान् भरोसा भन्दै भित्र पसेका डाक्टर केही छिन मा सरि भन्दै निस्किए ” अर्का बिरामी कुरुवा भन्दै थिए ।”१महिना अगाडि क्यान्सर लागेर मृत्यु भएको छोरा को उपचार गर्दा लागेको ऋण तिर्न श्रीमान् भारत गएका छन् ,यता अर्को छोरोले छाडेर गयो” ।मिलनकी फूपू गोमा सुनुवारले बताईन।

घुमारीघाट ,मचेडीटार सिंचाइ योजना लामो समयदेखि आशाको खेती बनिरहेको थियोे ।”अबको धान नहर को पानीले रोप्ने आसले उपभोक्ताले पनि पैसा उठाई काम गराई रहेका थिए अब के हुने उता ठेकदारको २४बर्षिय छोरा मोटरसाइकल दुर्घटना मा परि मृत्यु भई ठेकदार १२दिनको काजकिरियामा छन्” नहर उपभोक्ता समितिका सचिव कृष्ण प्रसाद लामिछानेले अन्योलता ब्याक्त गरिराख्नु भएको थियो।मामा घर जान फुर्किएका मिलन मामा घर नपुग्दै संसार छोडेर गए।