मलिंगाको कसैले नतोडेको अचम्मको किर्तिमान - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

मलिंगाको कसैले नतोडेको अचम्मको किर्तिमान



विश्वकप क्रिकेटको इतिहासमा आफूले बलिङ गरेको लगातार चार बलमा चार विकेट लिने एकमात्र बलर श्रीलंकाका लासिथ मालिंगा हुन्। उनले सन् २००७ को विश्वकपमा आफूले बलिङ गरेको लगातार चार बलमा चार विकेट लिएर यस्तो कीर्तिमान बनाएका थिए। उक्त विश्वकपको दक्षिण अफ्रिकाविरुद्घको सुपर एट चरणको खेलमा ४५औं ओभर बलिङ गर्ने जिम्मा मालिंगाले पाएका थिए।

उनले ४४.५ ओभरमा सान पोलक (१३ रन) को विकेट लिए। त्यसलगत्तै ४४.६ ओभरमा एन्ड्र्यु हल (शून्य रन) लाई पेभेलियन फर्काए। त्यसपछि ४६औं ओभर फाल्न श्रीलंकाका अर्का बलर आए। ४६औं ओभरमा श्रीलंकाले कुनै पनि विकेट लिन सकेन। त्यसपछि ४७औं ओभर फाल्ने जिम्मा पुन: मालिंगाले नै पाए। ४६.१ ओभरमै मालिंगाले ज्याक्स कालिस (८६ रन) को विकेट लिए।

त्यसलगत्तै ४६.२ ओभरमा मालिंगाले मखाया नितिनी (शून्य रन) लाई पेभेलियन फर्काएका थिए। यद्यपि उक्त खेलमा दक्षिण अफ्रिका एक विकेटले विजयी भएको थियो। ३५ वर्षीय मालिंगाको यो कीर्तिमान अहिलेसम्म पनि तोडिएको छैन। जारी विश्वकपमा पनि मालिंगा श्रीलंकाली टोलीमा छन्। खेलाडीका रूपमा सम्भवत: यो उनको अन्तिम विश्वकप हो।