मालिङ्गाको कमालले ईङ्ल्याण्ड पराजित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मालिङ्गाको कमालले ईङ्ल्याण्ड पराजित



एजेन्सी । लाथिस मालिङ्गाले चम्किएको खेलममा श्रीलंकाले ईङ्ल्याण्डलाई पराजित गरेको छ । लिड्समा २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली ईङ्ल्याण्ड मालिङ्गाको धारिलो बलिङ सामु निरिह रह्यो ।

ईङ्ल्याण्ड ४७ ओभरमा २ सय १२ रनमा अलआउट भयो ।

श्रीलंकाको मालिङ्गाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनायो ।

श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङस खेले ।

यस्तै अभिस्का फर्नान्डोले ४९ , कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट हात पारे । यस्तै आदील रशिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।

आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चाहन्छ ।

तुलनात्मक रुपमा बलियो टिम इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । इंग्ल्याण्डले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।

श्रीलंका भने इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ ।  श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको छ ।