मालिंगाले १२ घण्टाभित्र खेले दुई लिग : बनाए नयाँ रेकर्ड - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मालिंगाले १२ घण्टाभित्र खेले दुई लिग : बनाए नयाँ रेकर्ड



एजेन्सी । श्रीलंकाका भेट्रान बलर लाथिस मालिंगाले १२ घण्टाभित्र २ टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

पेस बलर मालिंगाले १२ घण्टाभित्र दुई देशको फरक लिग खेल्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

मालिंगाले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) र घरेलु लिग खेलेका हुन् । र, मालिंगाले दुई टोलीबाट खेल्दै १० विकेट लिएका छन् ।

मालिंगाले बुधबार बेलुका मुम्बई इण्डियन्सबाट आईपीएल खेलेका थिए । त्यसपछि बिहिबार मालिंगाले घरेलु अन्तर प्रदेशीय एकदिवसीय लिगमा गालेबाट खेलेका थिए ।

मालिंगाले आईपीएलमा चेन्नई सुपर किङ्सविरुद्ध ३ विकेट लिएका थिए । बिहिबार घरेलु लिगमा भने उनले ७ विकेट लिएका थिए ।

श्रीलंकाले विश्वकपमा स्थान बनाउन घरेलु लिग अनिवार्य खेल्नु पर्ने नियम बनाएपछि मालिंगा विश्राम नगरी श्रीलंका पुगेका थिए ।