मलेसियामा ४७ जना नेपाली कामदार पक्राउ - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

मलेसियामा ४७ जना नेपाली कामदार पक्राउ



काठमाडाैं । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरिरहेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् ।

मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियान अन्तरगत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित विभिन्न देशका ३ सय ३८ जना पक्राउ परेका छन् । मलेसियाले अवैधानिक कामदारका लागि पटक–पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको भएतापनि अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि त्यहाँको सरकारले पक्राउ गर्ने अभियान चलाएको हो ।

मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आब्हान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।