माले र नेकपाको पार्टी एकता अन्तिम चरणमा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

माले र नेकपाको पार्टी एकता अन्तिम चरणमा



काठमाडौं । नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ ।

नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको सो पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताइएको छ ।

संयुक्त जनआन्दोलन दिवसलाई राजनीतिक रुपले मनाउने विषयमा छलफल भएको तथा वार्ता पुनः गर्ने निर्णय भएको वार्तामा संलग्न नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले जानकारी दिए ।

अहिले देशका ठूला शक्ति नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको पनि पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ । रासस