मलेसियन साल र अग्रउड जातका बृक्ष रोपिए
पदम ओझा / बौनिया,कैैैलाली । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ शाखा कार्यालय प्रतापपुरको आयोजनामा बालबन कार्यक्रमको उद्धघाटन गरीएको छ । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ प्रालिका प्रवन्धक सुगम देउवाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्की चुहा नगरपालिका नगर प्रमुख महदेव बजगाई रहनु भएको थियो । विशिष्ट अतिथिमा लम्की चुहा नगर उप प्रमुख टीका थापा रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै बजगाईले शाखालाई धन्यबाद दिदै यो कार्यक्रमले छिटो भन्दा छिटो नतिजा ल्याउने कुरामा जोड दिदा राम्रो हुने बताउनु भयो । साथै उहाले आगामी दिनमा यस प्रालिले अझै यो भन्दा फरक किसीमका कार्यक्रम ल्यावस भन्ने कुरामा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै उप प्रमुख थापाले यो कार्यक्रम एकदमै राम्रो र मानविय जिवनलाई हित हुने कुरामा जोड दिनुका साथै बाताबरणलाई स्वच्छ र हराभरा बनाउनमा टेवा पुग्ने बताउनु भयो । साथै थापाले मानव र विरुवा विच घनिष्ठ सम्बन्ध हुने भएकाले यसले लामो समय सम्म फाईदा दिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रबन्धक देउवाले यो कार्यक्रम लामो समयको लागी भए पनि मानविय जिवनलाई पत्यक्ष रुपमा फाईदा पुग्ने बताउनु भयो । साथै देउवाले आगामी दिनमा यो भन्दा फरक किसीमका कार्यक्रम ल्याउने र सवैको सहयोग मिल्ने कुरामा आफु आशाबादी रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रालिले प्रतापपुरमा ५ विगाह जग्गामा मलेसियन साल र अगरउड गरी करीब २ हजार २ सय वृक्ष रोपीएको बताउनु भयो । पुर्नवास शाखाका प्रमुख शिवराज खैरले संचालन गरेको कार्यक्रममा कैलाली र कंचनपुर शाखाका सदस्य लगाएत पत्रकारको पनि सहभागिता रहेको थियो ।