मलेसिया बिरुद्ध नेपालले दियो दरिलो लक्ष्य - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मलेसिया बिरुद्ध नेपालले दियो दरिलो लक्ष्य



काठमाडौं – मलेसिया बिरुद्ध नेपालले दरिलो लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको थियो ।

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालले ६ विकेटको क्षतिमा १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अन्तिम बलमा छक्का प्रहार गर्दै बिनोद भण्डारीले अर्ध शतक बनाएका छन् ।

दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।