नेपाल र मलेसियाबीचको दोस्रो खेल [LIVE] - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाल र मलेसियाबीचको दोस्रो खेल [LIVE]



लाइभ :

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा जितेर कप्तान पारस खड्काले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । वसन्त रेग्मी र प्रदीप ऐरीको स्थानमा तीब्र गतिका बलर अभिनास बोहोरा र अलराउण्डर पवन सरार्फलाई मौका दिएको छ । युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी आज पनि सुरुवाती ११ मा छैनन् ।

नेपालको प्लेइङ ११ :
१.पारस खड्का(कप्तान)
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.पवन सरार्फ
५.सोमपाल कामी
६.अभिनास बोहोरा
७.सन्दीप लामिछाने
८.रोहित कुमार पौडेल
९.विनोद भण्डारी
१०.करण केसी
११.ललित नारायण राजवंशी

नेपाल आजको खेलमा विजयी भए नयाँ इतिहास रच्ने छ । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आजको खेलमा विजयी भए दुई टी ट्वान्टी सिरिज क्लिन स्विप गर्ने छ । हालसम्म नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गरेको छैन ।

नेपाल आजको खेलमा कालो पट्टी बाँधेर मैदान उत्रदै छ । पछिल्लो केहि दिनदेखि अविरल वर्षाको कारण देशभरमा मृत्यु हुनेको सम्झनामा(स्मृती) मा कालो पट्टी बाँधेर मैदान उत्रन लागेको हो । नेपालले खेल सुरुहुनु अघि एक मिनेट मौन धारणा समेत गर्ने छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने आईसीसी एसिया टी ट्वान्टी विश्वकप छनोट अघि नेपाल विशेष प्रशिक्षणको लागि नेपाल मलेसिया गएको हो ।