मलेसियाले भन्यो: नयाँ सम्झौता लागु हुँदैन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मलेसियाले भन्यो: नयाँ सम्झौता लागु हुँदैन



श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।

कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन
गर्ने पक्षमा देखिएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापुर्वक अगाडि बढ्ने बताए ।

समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ, उनले भने टुग्याउनुपर्ने विषयबारे नेपाली दुतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको उनले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।