माधव नेपालको साथ छोड्नेहरू मालामाल
काठमाडौं- माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्नेहरू अहिले मालामाल बनेका छन्। माधव नेपाल समुहमा रहेर राजनीति गरिरहेका नेताहरू पार्टी विभाजन हुँदा एमालेमै बसेपछि कोहिले मुख्यमन्त्री पड्काएका छन् भने कसैले मन्त्री ।
नेता नेपाल छाडेर एमालेमै बसेपछि दुई सांसद प्रदेश १ का मन्त्री बनेका छन् । माधवको साथ छोडेर संस्थापन एमालेमै रहेबापत् उनीहरुलाई मन्त्री बनाइएको हो । यसरी मन्त्री बन्नेमा लछुमन तिवारी र बलबहादुर साम्सोहाङ छन् ।
मादह्व्कै साथ छाडेका कारण मुख्यमन्त्री बनेका भीम आचार्यले दुईजनालाई मन्त्री नियुक्त गरेका हुन् । त्यसो त मुख्यमन्त्री आफैं पनि माधव समूहका हुन् । पार्टी फुटेको वेला संस्थापन पक्षमा लागेका कारण उनलाई मुख्यमन्त्री बनाइएको हो ।
तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण तथा ताप्लेजुङका साम्सोहाङलाई सामाजिक विकासमन्त्री बनाइएको स्रोतले जनाएको छ ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।