मलाइकासँगको विवाहबारे अर्जुन कपुरले मुख खोले - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मलाइकासँगको विवाहबारे अर्जुन कपुरले मुख खोले



एजेन्सी– केही समययता बलिउड अभिनेता अर्जुन कपुर तथा मलाइका अरोडाको विवाहको कुरा चलिरहेको छ । भारतीय सन्चारमाध्यमले चाहिँ उनीहरुको विवाहको दिन नै तय भइसकेको बताएका थिए । तर, यो सब अफवाह रहेछ । यस विषयमा स्वयं अर्जुन कपुरले मिडियामा बोलेका छन् ।

३३ वर्षका अर्जुनले भनेका छन् कि यो उनको व्यक्तिगत जीवन भएकाले धेरैले यसलाई समस्याको विषय बनाउनु हुँदैन । उनले आफ्नोबारे गरिएका यस्ता अड्कलबाजी पनि सही नभएको बताएका छन् । अर्जुनले आफूले विवाहबारे अहिले नसोचेको पनि त्यो अन्तर्वार्तामा बताएका छन् । दुई वर्ष पहिले अभिनेता तथा निर्माता अरबाज खानसँग सम्बन्धविच्छेद गरेकी मलाइका र अर्जुन चाहिँ बारम्बार कार्यक्रहरुमा सँगै पुग्छन्, बिदा मनाउन उनीहरु केही अघि माल्दिभ्स पनि पुगेका थिए । मलाइका चाहिँ ४५ वर्षकी भइन् ।