मकाउमा विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मकाउमा विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने महान् बाणीलाई आत्मसात गर्दै अगाडी बढेको संस्था गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउले नेपाली नेपाली बिच भाईचाराको सम्बन्ध कायम गर्न र नेपालीको माहान चाड पर्व,धर्म संस्कृति र रीतिरीवाजलाई सजीवता दिनका लागि हिन्दुहरूको माहान पर्व बडा दसैँ अर्थात् विजया दशमीको पावन अवसरमा एक विशाल शुभकामना आदान प्रदान र टिका ग्रहण कार्यक्रम हाक्साबीचमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम मिति २०१७/९/३० तारीकका दिन बिहान १० बजे देखि बेलुकी ९ बजे सम्म राखिएको थियो।कार्यक्रममा मकाउलाई कर्म भूमि बनाई बसेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहनुका साथै बाक्लै जमघट भएको थियो।कार्यक्रममा कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शान्ति देवी अधिकारीले गर्नु भएको थियो भने अतिथिमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,अन्त राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रम गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका सचिव रामचन्द्र घिमिरेले गर्नु भएको थियो।