मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो खेलाडीहरुले देखाए चमत्कार । - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो खेलाडीहरुले देखाए चमत्कार ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।
मकाउमा आयोजित मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीप भर्खरै मात्र सम्पन्न भएको छ। च्याम्पियनशीपमा नेपालबाट साथै मकाउमा कार्यरत रहेका नेपाली खेलाडीहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा नेपाल लगायत अन्य ७ वटा देशहरूले सहभागिता जनाउदै खेलमा भाग लिएका थिए ।अक्टोबर २८ देखि ३० सम्म सञ्चालित खेलमा नेपालीहरूले उत्कृष्ट प्रदर्शन देखाउदै ८ स्वर्ण, १० रजत र ४ कास्य हात पर्न सफल भएका छ।

खेलाडीहरुलाई बन्द समारोहमा मेडल वितरण गर्न मकाउको टप बिल्डर कम्पनीका सञ्चालक एवं चेम्बर अफ कमर्स मकाउका सल्लाहकार फरेष्ट तांग,चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगर , नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङ ,नेपाली जनसम्पर्क समिति मकाउका उप सभापति चण्डी प्रसाद योङया लगायतको उपस्थिति रहेको थियो।

नेपाल तेक्वान्दो सङ्घ र बेष्ट अफ रेफ्री अवार्डबाट पुरस्कृत हुनु भएका रेफ्री बद्री प्रसाद घिमिरेलाई नेपाली जनसम्पर्क समिति, मकाउका सभापति लेख बहादुर गुरुङबाट मायाको चिनो प्रदान गरिएको थियो।खेलाडीहरुलाई हौसला प्रदान गर्नका निमित्त नेपाली तेक्वाण्डो टिमका हेड एवं सिन्धुपाल्चोकका तरुण दलका पूर्व उपाध्यक्ष प्रेम भण्डारी लगायत उहाँको टिमलाई नेपाली जनसम्पर्क समिति, मकाउको तर्फबाट रात्रि भोजको आयोजना गरिएको थियो । खेलाडीहरुको बस्ने र खानपिनको व्यवस्था नेपाल चम्बर अफ कमर्स,मकाउले गरेको थियो।