मकाउ तामाङ घेदुङले २८५३ औं सोनाम ल्होछार भब्यताको साथ सम्पन्न - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मकाउ तामाङ घेदुङले २८५३ औं सोनाम ल्होछार भब्यताको साथ सम्पन्न



 कर्ण बहादुर अधिकारी मकाउ,चीन/माघ १५

बिदेशी भूमि मकाउमा स्थापना भएको मकाउ तामाङ् घेदुङ्ले मकाउ फिसर म्यान स्थित टेष्ट अफ इण्डिया रेष्टुरेन्टममा तामाङहरूको मौलिक तथा सास्कृतिक पर्व २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछार जनवरी २७ तारीकका दिन धुमधामको साथ सम्पन्न गरेको छ   |

मकाउलाई आफ्नो कर्मथलो बनाउँदै आएका मकाउबासी तामाङ समुदायको सकृय जातिय संस्था मकाउ तामाङ घेदुङले खास गरी तमाङ जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने उदेश्य भए पनि प्रबासमा कृयाशिल अन्य नेपाली संघ संस्थाहरूसंग हातेमालो गर्दै अगाडी बढ्ने उद्देश्यले २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछारमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी संघ संस्थाका प्रतिनिधिहरूका साथ नयाँ बर्ष सोनाम ल्होछार भब्य र सभ्य तरिकाले मनाउन सफल भएको छ।

उक्त कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं बरिष्ठ सल्लाहकार अम्विर जोशी,प्रवासी नेपाली एकता समाजका अध्यक्ष शिव शंकर चौधरी,मकाउमा रहेका जातीय संघ संस्थाका अध्यक्षहरूको उपस्थिति थियो। शुभकामना मन्तब्यमा सबैले एक आपसमा शुभकामना सन्देश दिदै मकाउमा रहेका संघ संस्थाहरू बीच आपसी भाईचारा हुनु पर्छ भन्ने कुरामा जोड दिएका थिए।प्रवासमा रहे पनि हामीले हाम्रो रीति रीवाज र परम्परालाई भुल्न हुन्न र आउँदा दिनहरूमा पनि राष्ट्र र राष्ट्रियता झलकने किसिमका कार्यक्रम गर्ने बारे यस कार्यक्रमका सभापति एवं मकाउ तामाङ घेदुङ्का अध्यक्ष दोर्जे तामाङ्ले बताउनु भयो।कार्यक्रममा लगभग १४० जना नेपालीको उपस्थिति रहेको थियो।