मकाउमा २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न । - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मकाउमा २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न ।



मकाउ,चीन,२८ पौष।

पश्चिमीले समाज मकाउले मकाउमा २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरी मनाएको छ।विदेशी भूमिमा रहेर पनि पृथ्वीलाई सम्झेर कार्यक्रम गर्नु नै महान् कार्य हो भन्नु हुन्छ पश्चिमीले समाज मकाउका संस्थापक अध्यक्ष पदम सिंह पन्त।कार्यक्रम मकाउ स्थित बिजीकरी रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगर,अतिथि नेपाली जनसम्पर्क समिति मकाउबाट प्रतिनिधि सन्देश गुरूङ्,गोपाल भण्डारी लगायत विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सबैले पृथ्वी नारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए।कार्यक्रममा पश्चिमीले समाज मकाउका वरिष्ठ उपाध्यक्ष निरन्जन खड्का,उपाध्यक्ष धर्मराज बुढा,सचिव तुलसी पौडेल,सहसचिव मोहन पन्त,लगायत कार्य समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सभापतित्व पश्चिमेली समाजका संस्थापक अध्यक्ष पदम सिंह पन्तले गर्नु भएको थियो।