मकाउ लभ लिजर फिटनेशद्वारा बडी बिल्डिङ प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मकाउ लभ लिजर फिटनेशद्वारा बडी बिल्डिङ प्रतियोगिता सम्पन्न



कर्ण अधिकारी, मकाउ।

मकाउ लभ लिजर फिटनेश क्लबले पहिलो पटक आन्तरिक रूपमा आफ्ना फिटनेश क्लबका सदस्यहरूबिच बडी बिल्डिङ प्रतियोगिता सम्पन्न गरेको छ।

अप्रिल २२  तारीकका दिन विभिन्न विधामा बडी बिल्डिङ प्रतियोगिता सम्पन्न गरेको हो । उक्त प्रतियोगितामा शरीरको तौल घटाउने देखि मसल गेन गर्नेहरूको प्रतिस्पर्धा गराएको थियो ।

तौल घटाउने समूहमा भेनिशियन होटेलमा कार्यरत कृष्ण गुरुङले प्रथम भई गोल्ड मेडल हात पार्न सफल भएका छन् भने उनले १ महिनाको अवधिमा ७ किलो तौल घटाउन सफल भएका थिए ।

त्यसै गरी मसल गेन तर्फ बर्मेली जी लुमले प्रथम भई गोल्ड मेडल प्राप्त गरे भने दोस्रो स्थानमा राजेश लिम्बु र तृतीय स्थानमा लक्ष्मण भण्डारीले आफ्नो स्थान सुरक्षित गरेका थिए । प्रतियोगीहरूलाई मकाउ लभ लिजरका प्रबन्धक सागर अधिकारीले पदक र सपिङ कुपन वितरण गरेका थिए।

उक्त लभ लिजर फिटनेश क्लब मकाउमा विगत केही वर्ष देखि व्यापार व्यवसाय गर्दै आएका सागर अधिकारीले सन २०१३ देखि सञ्चालनमा ल्याएका हुन।

क्लबमा विभिन्न देशका नागरिकहरूले सदस्यता लिई शाररीक सुगठनका लागि मेहनत गरिरहेका छन्। आउँदा दिनहरूमा अझै राम्रो प्रतियोगिता गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् अधिकारीले।