मकैबारीमा भेटिइन कृषि राज्यमन्त्री चौधरी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

मकैबारीमा भेटिइन कृषि राज्यमन्त्री चौधरी



काठमाडौँ । कृषि राज्यमन्त्री रामकुमारी चौधरी मकैबारीमा भेटिएकी छन् । खासमा उनि तराईका जिल्लामा लगाइएको समस्याग्रस्त मकैखेती निरीक्षण गर्न शनिवार बाराको सिम्रौनगढ पुगेकी छन् ।

हजारौँ विगाहामा लगाइएको नगद बाली मकैको घोघामा दाना नलागेपछि व्यापक जनगुनासो आएपछि राज्यमन्त्री चौधरी स्थलगत भ्रमणमा पुगेकी हुन । मकैबारीमा मन्त्रीलाई भेटेपछि कृषकहरू समस्या समाधान हुनेमा ढुक्क भएका छन् ।

यसपालिको बालीमा मकै खेर जाने अवस्था आएपछि सर्वसाधारणले समस्या समाधानका लागि बारम्बार कृषि मन्त्रालय अन्तर्गतका निकायमा गुनासो गरेका थिए ।

‘यो अवस्था देखेर किसान मर्कामा परेको अनुभूत गरेकी छु’, मन्त्री चौधरीले भनिन्,‘यसको कारण बुझि तत्काल रिपोर्ट बुझाउन बारा जिल्ला कृषि अधिकृत लगायतका कर्मचारीहरूलाई निर्देशन दिने काम गरेकी छु ।’