मजदुरको न्यूनतम मासिक तलब बढ्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मजदुरको न्यूनतम मासिक तलब बढ्यो



काठमाडौं– सरकारले मजदुरहरुको न्यूनतम मासिक तलव निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरहरुलाई मासिक रुपमा न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ तलब तोकेको हो ।

मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी श्रमिक संगठन र रोजदारदाता निकायहरुसँग छलफल गरेर मजदुरहरुको न्यूनतम पारिश्रमिक तोकिएको पनि स्पष्ट पारे ।

सरकारले मजदुरहरुलाई तोकेको मासिक तलवको वृद्धिदर हालसम्मकै उच्च हो । मन्त्री विष्टले मजदुरहरुको मासिक तलब अझै वृद्धि हुने कानुनी व्यवस्था रहेको पनि स्मरण गराए ।

मन्त्री विष्टले मजदुरहरुको न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धमा गरिएको निर्णय आगामी साउन १ गतेदेखि लागू हुने पनि स्पष्ट पारे । उनले श्रम शोषणको अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।