मजदुरको न्यूनतम तलव २५ लाख ३२ हजार - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

मजदुरको न्यूनतम तलव २५ लाख ३२ हजार



समय पैसा मुखी भएको छ । र जताततै चासो हुन्छ कसको पारिश्रमिक कति भनेर वा कसले कति कमाउँछ भनेर । विश्वमा कुन देशले आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउछ होला ? हामी सबैलाई यस विषयमा चासो हुनु नराम्रो होइन ।

यसै विषयमा अर्गनाइजेसन फर इकोनोमिक्सको अपरेसन एन्ड डेभलपमेन्टले जारी गरेको प्रतिवेदनअनुसार युरोपको लग्जेम्वर्ग आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउने देश हो ।

प्रतिवेदनअनुसार लग्जेम्वर्गमा प्रतिसाता ४० घन्टा काम गर्ने कुनै पनि मजदुरको न्यूनतम वार्षिक तलव २५ लाख ३२ हजार नेपाली रुपैयाँ छ । यो सूचीको दोस्रो स्थानमा नेदरल्यान्ड छ । जहाँ कुनै पनि कामदारले प्रतिसाता ४८ घन्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ६० हजार नेपाली रुपैयाँ प्राप्त गर्छन् ।

सूचीको तेस्रो स्थानमा अस्ट्रेलिया छ, जहाँका मजदुरले प्रतिसाता ३८ घण्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ३५ हजार नेपाली रुपैयाँ बुझ्छन् । यो सूचीको चौथो स्थानमा बेल्जियम, पाँचौं स्थानमा जर्मनी, छैटौं स्थानमा फ्रान्स, सातौं स्थानमा न्युजिल्यान्ड, आठौं स्थानमा आयरल्यान्ड, नवौं स्थानमा बेलायत तथा दसौं स्थानमा क्यानाडा छन् ।