बाबुरामको सरकारलाई व्यंग्य : 'मजाक भन्ने कि वियोग'? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बाबुरामको सरकारलाई व्यंग्य : ‘मजाक भन्ने कि वियोग’?



काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै सरकारले नियन्त्रण गर्ने निर्णय गरेको छ। सरकारले गरेको निर्णयबारे राजनीतिक तहबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। सत्तापक्ष र विपक्षी दलका कुनै शीर्ष नेताहरुले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्।

पछिल्लो समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आपराधिक गतिविधि बढेको सरकारको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा उक्त गतिविधि नियन्त्रणमा लिने सरकारले निर्णय गरेको हो।

सरकारको निर्णयलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भने आलोचना गरेका छन्। भट्टराईले सन् १९१९ मा जर्मनीमा दक्षिणपन्थी एसपीडीले रोजा नेतृत्वको वामपन्थी केपीडीलाई र १९६७ पछि बंगालमा सीपीएमले सीपीआई-एमएल लाई दबाएको घटनासँग तुलाना गरेका छन्।

उनले भनेका छन् -नेकपा डबलको सरकारले नेकपा चन्द समूहलाई ‘आपराधिक’भन्दै प्रतिबन्ध लगाएको घटनालाई मार्क्सले भने झैं मजाक भन्ने कि वियोग? यसले ठीक सय बर्ष पहिले सन् १९१९मा जर्मनीको दक्षिणपन्थी SPD ले रोजा नेतृत्वको वामपन्थी KPD लाई र १९६७ पछि बंगालमा CPM ले CPI-ML लाई दबाएको सम्झना गरायो है! परिणाम के भो?