नेपाल-भारत मैत्रीपुर्ण बसले ठक्कर दिँदा एक जनाको मृत्यु,तिन घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल-भारत मैत्रीपुर्ण बसले ठक्कर दिँदा एक जनाको मृत्यु,तिन घाइते



जनकपुरदेखि पटनासम्म चल्ने नेपाल-भारत मैत्रीपुर्ण बसले बुधवार राती ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । घाईते मध्ये एकको विराटनगर र दुईजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहको छ ।

बुधवार राती १० बजे जनकपुरबाट पटना जाने क्रममा BR06PV ९२५१ नं. को मैत्रीपुर्ण बसले जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारमा विपरित दिशाबाट आउँदै गरेको ज१प १६५० नंं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक वाराका अमवा निवासी २५ वर्षका राजकुमार साहको मृत्यु भएको हाे ।

घाईते हुनेमा भारत सितामढी जिल्लाको सुतिहारा निवासी १८ वर्षका सोनु कुमार ठाकुर, २० वर्षका मेघनाथ ठाकुर र सोहि ठाउँ निवासी ३० वर्षका चुनचुन देवी ठाकुर रहेका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहको छ । २० वर्षका मेघनाथ ठाकुरलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा चारैजना सवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक विज्ञान बस्नेतले वताए ।

घाईतेहरुलाई सशस्त्र प्रहरी बल नेपाल विओपी जलेश्वरको टोलीले उद्धार गरि जलेश्वर अस्पताल पुर्याएको थियो । हाल बस जिल्ला प्रहरी कार्यालय महोत्तरी र मोटरसाईकल सिमा प्रहरी कार्यालय मलिवारमा राखिएको छ । बसका चालक र सहचालक फरार रहको प्रहरीले जनाएको छ ।-एउटा मोटरसाईकलमा चार जना सवार

-बसका चालक र सहचालक फरार

जनकपुरदेखि पटनासम्म चल्ने नेपाल-भारत मैत्रीपुर्ण बसले बुधवार राती ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । घाईते मध्ये एकको विराटनगर र दुईजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहको छ ।

बुधवार राती १० बजे जनकपुरबाट पटना जाने क्रममा BR06PV ९२५१ नं. को मैत्रीपुर्ण बसले जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारमा विपरित दिशाबाट आउँदै गरेको ज१प १६५० नंं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक वाराका अमवा निवासी २५ वर्षका राजकुमार साहको मृत्यु भएको हाे ।

घाईते हुनेमा भारत सितामढी जिल्लाको सुतिहारा निवासी १८ वर्षका सोनु कुमार ठाकुर, २० वर्षका मेघनाथ ठाकुर र सोहि ठाउँ निवासी ३० वर्षका चुनचुन देवी ठाकुर रहेका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहको छ । २० वर्षका मेघनाथ ठाकुरलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा चारैजना सवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक विज्ञान बस्नेतले वताए ।

घाईतेहरुलाई सशस्त्र प्रहरी बल नेपाल विओपी जलेश्वरको टोलीले उद्धार गरि जलेश्वर अस्पताल पुर्याएको थियो । हाल बस जिल्ला प्रहरी कार्यालय महोत्तरी र मोटरसाईकल सिमा प्रहरी कार्यालय मलिवारमा राखिएको छ । बसका चालक र सहचालक फरार रहको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट