डा. केसीको समर्थनमा माइतीघरमा बिरामी चेकजाँच (फोटो) - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

डा. केसीको समर्थनमा माइतीघरमा बिरामी चेकजाँच (फोटो)



काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले माइतीघर मण्डलामा ओपीडी सेवा सञ्चालन गरेका छन् । आकस्मिक बाहेकका सेवा ठप्प पा्रेका वीर अस्पताल तथा टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टरहरुले विरोधस्वरुप मण्डलामा ओपीडी चलाएका हुन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा. केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

एनआरडीएका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, “यस आन्दोलनबाट हुने क्षति र असुविधाप्रति एसोसिएसन नभएर सरकार जिम्मेवार हुनुपर्छ ।”