रातिको १२ बजे विप्लवका केन्द्रीय सदस्य माइला लामा पक्राउ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

रातिको १२ बजे विप्लवका केन्द्रीय सदस्य माइला लामा पक्राउ



काठमाडौं : प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। स्रोतका अनुसार शनिबार राति केइव १२ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो ।

सरकार र विप्लवबीच वार्ताको पहल भइरहेका बेला प्रहरीले विप्लव समुहका एक मुख्य नेतालाई पक्राउ गरेको छ  । एकातिर वार्ताको नाटक गर्ने अर्को तिर नेतालाई पक्राउ गर्ने सरकारले निकास खोजेको छैन भन्ने प्रष्ट छ । स्रोतले भन्यो ।

महानगरीय अपराध महाशाखाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति पक्राउ गरेको बताएको छ । प्रहरीले रेशम तामाङलाई पनि पक्राउ गरेको चाह । लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

जनयुद्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी माओवादी विभाजित भएपछि सुरुमा मोहन वैद्यतिर लागेका थिए। तर वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगेका थिए। जनयुद्धका क्रममा कैयन गीत लेखेका उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार पनि बनेका थिए।