महोत्तरीमा घुससहित प्रहरी इन्चार्ज पक्राउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

महोत्तरीमा घुससहित प्रहरी इन्चार्ज पक्राउ



बर्दिवास । महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो ।

भारतबाट समान ल्याइदिन सजलो वातावरण बनाइ दिने भन्दै खुद्रा व्यापारीसँग पैसा लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।