घोडाघोडी महोत्सव आयोजकको कार्यशैली प्रती पत्रकारहरुको आपत्ति - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

घोडाघोडी महोत्सव आयोजकको कार्यशैली प्रती पत्रकारहरुको आपत्ति



सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा हुने घोडाघोडी महोत्सबको आयोजक समितिको व्यवहार प्रती यस क्षेत्रका पत्रकारहरुले आपत्ति जनाएका छ्न । महोत्सब बारे जानकारी दिन यस क्षेत्रका पत्रकारहरुलाइ स्थानिय पत्रकार भनि अपहेलना गर्दै व्यवस्ता गरेको भन्दै घोडाघोडी नगरपालिकाका सक्रिय पत्रकारहरुले आपत्ति जनाएका हुन ।

यहि माघ १४ गतेदेखि २३ गते सम्म संचालन हुने घोडाघोडी महोत्सवका बिषयमा जानकारी दिन आयोजकले घोडाघोडी नगरपालिकाका पत्रकारहरुलाई जानकारी समेत नदिइ अपमानित गरेको व्यवहारका बिषयमा यस क्षेत्रका पत्रकारहरुले छलफल गरि उक्त कार्य प्रती आपत्ति जनाउदै महोत्सव सम्बन्धि कुनै पनि प्रचार प्रसारका सामग्रीहरु प्रकाशन तथा प्रसारण नगर्ने निर्णय गरिका छन् ।