कांग्रेस महाधिवेशन: माहोल देखाउँदै नेता तान्दै - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

कांग्रेस महाधिवेशन: माहोल देखाउँदै नेता तान्दै



काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन्।

आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन्।

सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन्। उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन्।

यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन्।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन्।

सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ । सो समूहबाट महामन्त्री डा। शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन्।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत भर्चुअल कार्यक्रममार्फत नै समूहलाई सक्रिय भएको देखाउँदै आइरहेको छ । सो समूहले समेत उपसभापति निधिसहित नेताहरू डा. शेखर कोइराला, चित्रलेखा यादव, रमेश लेखक, प्रदीप गिरीलगायतलाई आफू पक्षीय भर्चुअल कार्यक्रममार्फत सहभागी गराउँदै आइरहेको छ ।

यसैगरी अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत सक्रियता बढाउँदै आइरहेका छन् । उनले समेत विभिन्न कार्यक्रममा आफू सभपतिका लागि तयारी गरिरहेको सन्देश दिँदै आएका छन्।