सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीकाे निर्णय - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीकाे निर्णय



सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।