महिला विश्वकप : दक्षिण अफ्रिकालाई चीनले हरायो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

महिला विश्वकप : दक्षिण अफ्रिकालाई चीनले हरायो



फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।

समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् ।

यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो ।