महिला शसक्तिकरणको वार्षिक समिक्षा आज सुखडमा सम्पन्न
” गठन भएका महिला समुहलाई नगरपालिमा सुचिकृत हुन नगर प्रमुख चौधरीको आग्रह “
बिरेन्द्र शाह / सुुुुखड, कैलाली ।।
महिला शसक्तिकरण कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम आज सुखडमा सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिका का नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख ममता प्रसाद चौधरीले यो कार्यक्रमले महिला हरुलाई अगाढी बढाउन महत्वपुर्ण भुमिका खेलेकोमा धन्यबाद व्यक्त पनि गर्नु भयो । बिभिन्न ठाउँमा गठन भएका महिला शसक्तिकरणहरुलाई नगरपालिकामा आबद्ध हुन पनि सुझाब दिनु भयो । यसो हुदा नगरपालिकाले पनि सुमहलाई केही आर्थिक सहयोग गर्न सकिने बताउनु भएको छ । पहिला जसरी काम गरे पनि अब चाही स्थानिय सरकार भएको हुदा जति पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले यस्ता कार्यक्रम संचालनको लागी पहिला नगरपालिमा सुतिकृत भएर मात्र काम गर्न आग्रह पनि गर्नु भयो ।
घोडाघोडी नगरपालिकामा महिला शसक्तिकरण समुहले बिभिन्न ठाउँमा महिला समुह गठन गरेको छ । अहिले ति महिला शसक्तिकरणमा आबद्ध महिलाहरुले बिभिन्न आय आर्जनका साथ साथै बिकास निमार्णका काममा पनि सहभागी जनाई रहेका छन । कार्यक्रममा महिला शक्तिकरण समुहका साहक कार्यक्रम संयोजक राजन दियालीले यस कार्यक्रमको यो ५ वर्षमा गरेका काम र उदेश्यको बारेमा सबै सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बिभिन्न समुहमा आबद्ध महिलाहरुले आफ्नो अनुभब पनि राखेका थिए । साझेदारीे बिकास परियोजनको आर्थिक सहयोग , घोडाघोडी नगरपालिकाको समन्वय र महिला शसक्तिकरण समुहको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रशासकिय प्रमुख किर्तराज पौडेल ,वडा नम्बर २ का वडा अध्यक्ष हरीराज बिष्ट ,वडा नम्बर १० भिम बहादुर बम ,वडा नम्बर ५ का प्रेम रोकाया साबिक पहलमानपुर गाबिस र रामशिखरझालाका महिला शसक्तिकरण समुहका महिलाहरु लगाएतको सहभागीता रहेको थियो ।