महिला हिंसा विरुद्ध अभियान चलिरहदा कैलालीमा दाइले बहिनीलाई बलात्कार गरेको घटना सार्वजनिक - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

महिला हिंसा विरुद्ध अभियान चलिरहदा कैलालीमा दाइले बहिनीलाई बलात्कार गरेको घटना सार्वजनिक



विशाल पाण्डेय / सुखड,कैलाली ।
अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा आइतबारदेखि विविध कार्यक्रम गरी सुरु गरियो । विभिन्न ठाउँमा कार्यक्रम सुरु गरे सङ्गै महिला हिंसा गर्नु हुदैन भनी चर्को चर्को आवाजमा भाषण गरियो र र्‍याली समेत निकालियो । तर, यता भने अभियानको दोस्रो दिनमै कैलालीमा एक २८ वर्षीय सुस्त मनस्थितिकी युवती छिमेकी दाइ नाता पर्ने वाटै बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

घोडाघोडी नगरपालीका – ९ की २८ वर्षीय सुस्त मनस्थिति भएकी युवतीलाई सोही ठाँउ वस्ने अन्दाजी ४० वर्षीय शेर बहादुर रावलले बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए ।

मंसिर ०६ गते दिउसो १२ बजे जंगलमा बाख्रा चराउन जादा युवती माथी बलात्कार भएको ईलाका प्रहरी सुखडका प्रमुख जोशीले बताए ।

जोशीका अनुसार , ‘ घटना ६ गते घटेपनी मंसिर ९ गते मात्रै घरमा जानकारी भएपछी घटना सार्वजनिक भएको हो ।’ उनले भने , आज (सोमबार) मात्र हामीलाई खबर आएको छ , पिडित पक्षले जाहेरी दिन लागेका छन् ।’ बलात्कार गर्ने रावलको आफुहरुले जानकारी पाउनासाथ खोजीकार्य जारी राखेका छौं उनले थपे ।’ पिडक रावल किशोरीका फुपुका छोरा रहेको उनको एक आफन्तले जानकारी दिए ।