महिला हिंसा विरुद्धमा सचेत वनाउने कार्यक्रमगरि दशै मनाउनु पर्छ : मन्त्री साेडारि  - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

महिला हिंसा विरुद्धमा सचेत वनाउने कार्यक्रमगरि दशै मनाउनु पर्छ : मन्त्री साेडारि 



चाँँदनी आचार्य / सुखड,कैलाली ।

दशै महिला शक्तिले विजय प्राप्त गरेकाे उत्सवका रुपमा मनाईने परम्परागत पर्व भएकाले दैनिक हाम्राे समाजमा हुने बलात्कार , महिला हिंसा विरुद्धमा सचेत वनाउने कार्यक्रमगरि दशै मनाउनु पर्ने सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि दिर्घ साेडारिले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टि घाेेडाघाेडि नगर कमितिले अायाेजना गरेकाे वडा दशै दिपावलि तथा छठ पर्वकाे शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम बाेल्दै उनले संघिय संरचनाकाे अभ्यासमा तीन तहकाे सरकार रहेकाे बताउदै कर्मचारि ब्यवस्थापन लगायत कानुन निर्माणमा केही चुनाैति रहेकाे वताए । उनले स्थानिय तह संग समन्वय गरि प्रदेश सरकारले विकाश निर्माण लगायत शिक्षास्वास्थ्य,कृषि लगायत सवै क्षेत्रलाई समेट्ने गरि सहयाेग गर्ने वताए ।

कार्यक्रममा विशिष्ट अतिथि कृषि तथा सहकारि मन्त्रि बिनिता चाैधरिले चाडपर्वकाे नाममा विकृति भित्रिदै गएकाेले चाडपर्वलाई अाफ्नाे क्षमता र संस्कृति अानुसार मनाउनुपर्ने वताईन। त्यैसै गरि उनले सुदुरपश्चिम पर्देशमा कृषि मैत्रि कानुन वनाई कृषकका हकहितमा मन्त्रालयले विभिन्न याेजना तथा कार्यक्रम ल्याउने बताईन ।स्वास्थ्य,कृषि लगायत सबै क्षेत्रमा सहयाेग रहने वताइन ।

प्रदेश सभासद अमर साउदले घाेडाघाेडि नगरपालिकामा भएका सामाजिक समस्या कृषकका समस्यालाई सम्वाेधन हुने कार्यक्रम प्रदेश सरकारले कार्यक्रम ल्याउनु पर्ने वताए ।

नेकपा घाेडाघाेडि नगर ईन्चाज खडक रावतकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगरप्रमुख ममता प्रसाद चौधरी , नेपाली कांग्रेसका भिम बडुवाल ,राष्ट्रिय कलेजका कर्ण भण्डारि, नेकपाका मेघ साउद लगाएतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रमकाे संचालन नेकपाका नैन बहादुर चाैधरिले गरेका थिए ।