महेश बस्नेत र सवेन्द्र खनाल विरुद्धको उजुरी दर्ता - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

महेश बस्नेत र सवेन्द्र खनाल विरुद्धको उजुरी दर्ता



काठमाडौं- जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले पूर्वआइजीपीपी सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र नविन बस्नेतविरुद्ध जोहरी दर्ता गराएका छन्।

सोमबार जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा जाहेरी दर्ता भएको हो। अपहरणमा परेका भनिएका सांसद यादव आफैं उपस्थित भएर जाहेरी दर्ता गरेका हुन्। यादवले आफुलाई अपहरण गरेको भन्दै जाहेरी दर्ता गरेका हुन्।

महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले वैशाख १० मा काठमाडौं ल्याएका थिए।

यो विषयले नेपालको राजनीति गर्माएको थियो। विपक्षी दलले घटनाको छानविन र दोषीमाथि कारवाहीको माग गर्दै आएका थिए।

यसअघि डा. यादवले सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गर्न खोजेका थिए। तर, उनको जाहेरी दर्ता हुन सकेको थिएन।